call icon
 +९७७ ११ ६६१६६६, ६६१८८८
   

logo of organization
next image

अपाङ्ग वाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC), नेपाल

अपाङ्ग वाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) को सुरुवात प्रा. डा. अशोक के. बान्सकोटाको प्रेरणादायी दृष्टिकोणबाट भएको हो। अमेरिकाको न्यूयोर्कमा चिकित्सकीय तालिम र बोर्ड सर्टिफिकेसन सम्पन्न गरेपछि, डा. बान्सकोटा १९७७ मा नेपाल फर्किनुभयो। यहाँ फर्किएपछि वहाले शारीरिक रूपमा अशक्त बालबालिकाहरूका लागि पर्याप्त सेवा सुविधा नहुनुको वास्तविकता देख्दा अत्यन्तै दुःखी हुनुभयो। त्यसपछि, १९८५ मा वहाले आर्थिक रूपमा कमजोर र अशक्त बालबालिकालाई लक्षित गरी एउटा सानो कार्यक्रम सुरु गर्नुभयो। त्यही सानो प्रयास आज एक परिवर्तनकारी संस्था अपाङ्ग वाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) को रूपमा रूपान्तरित भएको छ, जसले हजारौं विपन्न नेपाली बालबालिकाहरूलाई जीवन परिर्वतन गर्ने सेवा प्रदान गरिरहेको छ। डा. बान्सकोटाको सपना अझै पनि नेपालका सामाजिक तथा आर्थिक रूपमा वञ्चित बालबालिकाहरूका लागि अझ समावेशी र सहानुभूतिपूर्ण भविष्य निर्माण गर्दै अगाडि बढिरहेको छ। आज अपाङ्ग वाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) को नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण भइसकेको छ। डा. विवेक बान्सकोटा, आफ्ना पिता प्रा. डा. अशोक कुमार बान्सकोटाको बाटो पछ्याउँदै, यो जिम्मेवारी निष्ठा र कुशल दृष्टिकोणका साथ निभाउँदै आइराख्नुभएकोछ। वहाले आफ्नो पिताको सपना जोगाउने र निरन्तरता दिनका लागी उस्तै जोश, करुणा र प्रतिबद्धताका साथ शारीरिक रूपमा अशक्त बालबालिकाको जीवन रूपान्तरण गर्ने मिशनलाई अघि बढाउँदै एउटा उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ। ।

हामीले प्रस्ताव गर्ने सेवाहरू
hospital-based-icon
अस्पतालमा उपलब्ध सेवाहरु
  • अन्तरङ्ग तथा बहिरङ्ग सेवा
  • फिजियोथेरापी
  • सस्तो लागतमा कृत्रिम अंग (Prosthesis) र सहायक उपकरण (Orthosis) को निर्माण
  • रेडियोलोजी तथा प्याथोलोजी प्रयोगशाला
  • तालिम तथा शिक्षा
  • मस्तिष्क पक्षाघात (CP)
field-based-icon
क्षेत्र आधारित सेवाहरू
  • समुदायमा आधारित पुनर्स्थापना
  • ४ उप-शाखा क्लिनिकहरू
  • प्रतिवर्ष १५० दिन क्षेत्र कार्य
  • ७६ समुदायमा आधारित पुनर्स्थापना गर्ने कार्यकर्ता
  • स्वास्थ शिबिर, विद्यालय स्वास्थ्य परीक्षण शिविरहरू, शल्यक्रिया शिविरहरू, पहिचान तथा फलोअप शिविरहरू, अपाङ्गता अभिमुखीकरण तथा सचेतना कार्यक्रमहरू
  • services image

    अपाङ्गता रोकथाम सम्बन्धि मोवाइल एप र वेबसाइट सम्बन्धि जानकारी

    अपाङ्गता रोकथाम सम्बन्धि मोवाइल एप र वेबसाइट सम्बन्धि जानकारी हाम्रो ४० वर्षको अनुभवमा, विभिन्न अपाङ्गता सम्बन्धी समस्यामध्ये ३० प्रतिशतभन्दा बढी समस्या रोकथाम गर्न सकिने पाइएको छ। उदाहरणका लागि, बालबालिकामा सङ्क्रमण देखिएपछि प्रारम्भिक उपचारको रूपमा समयमै एन्टिबायोटिक औषधी दिइएमा हाड मर्ने (bone necrosis) समस्या रोक्न सकिन्छ। त्यसैगरी, आगोले पोलेको (burn) घटनाहरू उचित र शीघ्र उपचारमार्फत अझ राम्रो रूपमा व्यवस्थापन गर्न सकिन्छ। यस्तै जानकारीका साथ साथै विभिन्न दुर्घटना भएको अवस्तामा तुरून्त के प्राथमिक उपचार गर्न सकिन्छ ? वाल बालिकामा भएका सारीरिक अपाङ्गताको येथासिघ्र पहिचान कसरि गर्ने ? सारीरिक अपाङ्गता भएका वाल बालिकालाई कस्ता ठाउँमा सचेत रहनु पर्छ ? विभिन्न प्रकारका रोग सम्बन्धि जानकारीहरु लाई समेटेर हामीले हाम्रो संस्थाको अपाङ्गता रोकथाम सम्बन्धि मोवाइल एप र वेबसाइट पनि उपलब्ध गराएका छौ . यसलाई पनि आफ्नो मोवाइलमा डाउनलोड गरेर अपाङ्गता रोकथाम सम्बन्धि हाम्रो कार्यक्रममा सहभागी भईदिनु बिनम्र अनुरोध गर्दछौ